+

साफ च्याम्पियनसिप पुनः बंगलादेशमा हुने !

२०७६ भदौ  ३१ गते १८:५० २०७६ भदौ ३१ गते १८:५०
साफ च्याम्पियनसिप पुनः बंगलादेशमा हुने !

३१ भदौ, काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल पुनः बंगलादेशमा आयोजना हुने भएको छ ।

मलेसियाको क्वालालम्पुरमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले साफ च्याम्पियनसिप पुनः बंगलादेशमै गर्ने निर्णय गरेको हो । यसअघि सन् २०२० को सेप्टेम्बरमा हुने साफको आयोजना पाकिस्तानमा गर्ने तयारी भएको थियो ।

तर साफको बैठकले पाकिस्तानलाई नदिइ बंगलादेशमै आयोजना गर्न दिने निर्णय गरेको हो । यससअघि बंगलादेशले २०१८ मा ढाकामा साफ च्याम्पियनसिप फुटबलको अयोजना भएको थियो । फाइनलमा भारतलाई पराजित गर्दै माल्दिभ्सले उपाधि उचालेको थियो ।

नेपाल भने सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय