१७ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्वकै पूरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाली यू–१९ क्रिकेट टिमले ३८ रनको हार ब्यहोर्यो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा एमसीसीसँग नेपाली युवा टिम हारे पनि सम्झनलायक प्रदर्शन गर्यो । ३३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनायो ।
नेपाली ब्याट्सम्यानहरु हरि चौहानले ५२, कप्तान ऋत गौतमले ४५, आकाश चन्द र अरुण ऐरीले समान ३० शेर मल्लले अविजित २८ रन जोडे । एमसीसीका बलरसामु नेपाली युवा क्रिकेटरले देखाएको प्रतिभा लोभ लाग्दो रह्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० आोभरमा सात विकेटको क्षतिमा ३३४ रन बनायो । उसका लागि विल रोड्सले ९३, मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५–६५ रन बनाए ।
बलिङतर्फ नेपालका सागर ढकाल र शेर मल्लले समान २–२ विकेट लिए ।
टेष्ट खेलिसकेका कप्तान जिमी एडम्स, टम वेस्टली, यासिर अराफात र बिली गोडलेमान जस्ता अनुभवी खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गर्नु नेपाली क्रिकेटको लागि राम्रो संकेत हो ।
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4