+

नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज सुरु

२०७६ कात्तिक  २७ गते १८:२८ २०७६ कात्तिक २७ गते १८:२८
नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज सुरु

२७ कात्तिक, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशिया ब्याडमिन्टन महासंघको तत्वावधानमा सञ्चालित योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ को बुधबार सुरुवात भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका थिए । मन्त्री सुनारले प्रतियोगिताको उद्घाटन गर्दै प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा संघीय संसदका माननीय सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय