+

एपीएफद्वारा फ्रेण्ड्स पराजित

२०७६ माघ  २७ गते १२:२१ २०७६ माघ २७ गते १२:२१
एपीएफद्वारा फ्रेण्ड्स पराजित

काठमाडौं । आशिष लामा र प्रविनकुमार स्याङ्तानको दुई-दुई गोल मद्दतमा एपीएफले शहीद स्माक लिगमा फ्रेण्ड्सलाई ५-२ले पराजित गरेको हो । यस सिजन दोस्रो जित हात पारेको एपीएफले रेलिगेसन जोनबाट ४ अंक अगाडि बढेको छ ।

१२ खेलबा६ ८ अंकसहित एपीएफ १३औं स्थानमा छ । पुछारमा रहेको सरस्वती युथ क्लबको ११ खेलबाट ४ अंङ्क छ । सरस्वतीले आजै च्यासलसँग खेल्दैछ ।

एन्फा कम्प्लेक्स सातोबाटोमा सोमबारै बिहानै भएको खेलमा विभागीय क्लब एपीएफका लागि आशिष र प्रविनले दुई-दुई तथा टोपबहादुर विष्टले एक गोल गरे ।

१२औं र ४०औं मिनेटमा गोल गर्दै आशिषले पहिलो हाफमै एपीएफलाई २-० को अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फ्रेण्ड्सका फेलिपे डे सुजाले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा पर्काउने प्रयास गरेका थिए । तर ७१औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफको अग्रता फेरि दोब्बर पारे ।

७६औ मिनेटमा फ्रेण्ड्सका विश्व अधिकारीले गोल गर्खै खेललाई ३-२ को स्थितीमा पुर्‍याए । तर इन्जुरी टाइममा एपीएफले दुई गोल थफ्दै जित हात पार्‍यो । इन्जुरी टाइङ्गको चौथो मिनेटमा टोपबहादुरले गोल गरे भने लगत्तै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ ५-२ ले विजयी भयो
जितपछि एपीएफले ब्रिगेड ब्वाइजसँग अंक बराबरी गरेको छ ।

एपीएफले अब अन्तिम खेल ब्रिगेड ब्वाइजसँगै खेल्नेछ । ब्रिगेडले त्यसअघि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । उता छैटौं हारपछि फ्रेण्ड्सको शीर्ष ६ मा पर्ने सम्भावना लगभग सकिएको छ । १२ खेलबाट १७ अंकसहित फ्रेण्ड्स नवौं स्थानमा छ । फ्रेण्ड्सले अन्तिम खेलमा नेपाल पुलिससँग खेल्दैछ। उक्त खेल जितेपनि फ्रेण्ड्सले १७ अंक हुनेछ । त्यसअघि पुलिसले मनाङ मर्स्याङ्दीसंग खेल्नेछ । पुलिसले मनाङविरुद्ध १ अंक मात्र जोडे पनि १८ अंक हुनेछ ।

शीर्ष चारमा रहेका बाहेक पुलिस, जावलाखेल युथ क्लब, एनआरटी, संकटा र च्यासल शीर्ष ६ को होडमा छन् ।

फ्रेण्ड्सविरुद्ध २ गोल गरेपछि एपीएफका आशिष लामा सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा उक्लेका छन् । उनले ८ गोल गरिसकेका छन् । यस्त च्यासल युथ क्लबका सन्तोष साहुखलले ७ तथा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले ६ गोल गरेका छन् ।

ए डिभिजन लिग एपीएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८