+

कोरोना उपचारका लागि आइभरिकोष्टको हस्पिटल दिने डोग्बाको घोषणा

२०७७ वैशाख  १ गते १६:२१ २०७७ वैशाख १ गते १६:२१
कोरोना उपचारका लागि आइभरिकोष्टको हस्पिटल दिने डोग्बाको घोषणा

१ वैशाख, काठमाडौं । आइभरिकोष्ट तथा चेल्सीका पूर्वस्टार डिडियर ड्रोग्बाले आइभरिकोष्टमा रहेको आफ्नो हस्पिटल कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्नका लागि प्रयोग गर्न प्रस्ताव गरेका छन् । ड्रोग्बाले आइभरिकोष्टका लागि १०५ खेल खेल्दै ६५ गोल गरेका छन् ।

चेल्सीबाट च्याम्पियन्स लिगसमेत जितेका उनले ड्रोग्बाफाउण्डेसनमार्फत सन् २०१६ मा अबिजानमा लौरेन्ट पोकोउ हस्पिटल स्थापना गरेका थिए । फुटबल पोकोउको २०१६ मा निधन भएपछि उनकै नाम राखिएको छ ।
हामीले ड्रोग्बालाई यस गिफ्टका लागि धन्यवाद दिनुपर्छ र यो राष्ट्रवादी काम हो,’ उक्स शहरका रिजनल काउन्सिल भिनसेन्ट तोह बीले भने ।

उनले ड्रोग्बाको यस कदमलाई सम्मान गर्दै यो हस्पिटल सञ्चालनमा आएपछि यसलाई कोभिडविरुद्ध लड्न प्रयोग गर्न सकिने बताए ।
अटेकोउब जिल्लामा रहेको उक्त हस्पिटल अहिले सञ्चालनमा छैन । तर संकटको बेला चलाउन सकिने जनाइएको छ ।

उक्त हस्पिटल हेर्ने ड्रोग्बा फाउण्डेसनका डिरेक्टर मारियम ब्रेकाले अब त्यसलाई सञ्चालन गर्ने काम राज्यको रहेको बताए ।

आइभरिकोष्ट सरकारले केही दिनअघि मात्रै अबिजानमा १३ र देशभर ४५ वटा हस्पिटल कोभिड १९ को सेन्टरको रूपमा प्रयोग गर्ने घोषणा गरेको छ ।

कोरोनाको कारण आइभरिकोष्टमा ५ सयभन्दा बढी संक्रमित छन् । जसमा ८५ जना निको हुँदा ५ जनाको मृत्यु भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०