+

जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्सलाई क्वारेन्टाइन बनाइयो

२०७७ वैशाख  १४ गते १५:१२ २०७७ वैशाख १४ गते १५:१२
जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्सलाई क्वारेन्टाइन बनाइयो

१४ वैशाख, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा अहिले विश्वभर खेलकुद प्रभावित छ । भारतमा खेलकुद गतविधि नहुँदा इन्डियन सुपर लिग फुटबल खेल्ने टिम जम्सेदपुर एफसीको घरेलु मैदान क्वारेन्टाइन सेन्टरको रूपमा परिणत भएको छ।

कोभिड १९ को संक्रमण फैलिरहेको बेला त्यसविरुद्ध लड्न भारतको झारखण्डमा रहेको जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्सलाई क्वारेन्टाइन सेन्टर बनाइएको हो ।

जम्सेदपु एफसी र जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्स दुवै टाटा स्टिल लिमिटेडको स्वामित्वमा छ । टाटा स्टिलले कोरोनाविरुद्ध लड्नका लागि सरकारलाई स्पोर्ट्स कम्प्लेक्स प्रदान गरेको जनाएको छ । आवश्यक परेको मानिसलाई सहयोग गर्न सरकारले स्टेट सरकारसँग सहकार्य गरिरहेको छ ।

औद्योगिक शहरको रुपमा रहेको जम्सेदपुरमा छिमेकी सिटीबाट मजदुरहरु काम गर्न गएका छन् । उनीहरुका लागि रंगशालमा क्वारेन्टाइन तयार पारिएको हो । जसमा अस्थायी बेडहरु राखिएका छन् । यस्तै सामाजिक दुरी कायम गरी त्यहाँ रहेका मजदुरहरूलाई खानाको समेत व्यवस्था गरिएको छ।

जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्स बहुउदेश्यि स्टेडियम हो जहाँ फुटबलसहित एथ्लेटिक्स, पौडी, फिल्ड हक्ककी र बास्केटबल लगायत खेलको लागि समेत प्रयोग हुन्छ ।

देशका अहिले कुनै खेलकुद गतिविधि नभएकोले टाटा स्टिलले राम्रो कामका लागि पूर्वाधार प्रयोग गर्न दिएको हो ।

भारतको झारखण्डमा अहिलेसम्म ६३ जनालाई कोभिड१९ संक्रमण भएकोमा ८ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय