२३ जेठ काठमाडौं । आरबी लाइपजिगका जर्मन स्ट्राइकर प्रिमियर लिग क्लब चेल्सीमा जाने तयारीमा छन् । २४ वर्षीय खेलाडी यसअघि प्रिमियर लिगकै अर्को क्लब लिभरपुल जाने चर्चा चलेको थियो ।
तर वेर्नरले चेल्सीसंग नाम जोडिनु गर्वको विषय भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार लिभरपुल वेर्नरलाई अनुबन्ध गर्न अनिच्छुक देखिएको छ । वेर्नरले यस सिजन बुण्डेसलिगामा २५ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्तामा रोवर्ट लेवान्डोस्की भन्दा पछि छन् ।
वेर्नरको रिलिज क्लब ५४ मिलियन पाउण्ड रहेको छ र चेल्सी उक्त रकम तिर्न तयार भएको हो ।
गत महिना फ्रेन्च स्ट्राइकर ओलिभर जिरौडले चेल्सीसंग सम्झौता एक वर्षको लागि नवीकरण गरेका छन् ।
वेर्नरले जर्मनीका लागि २९ खेल खेल्दा ११ गोल गरेका छन् । वेर्नरले लिगमा माइन्जविरुद्ध ५-० को जितमा ह्याट्रिक गरेका थिए ।
लण्डन क्लब चेल्सीले अनुबन्ध गर्न लागेको वेर्नर दोस्रा खेलाडी हुन्छन् । यसअघि नै फेब्रुअरीमा चेसीले डच क्लब अयाक्सबाट विंगर हाकिम जियाचलाई ३७ मिलियन पाउण्डमा अनुबन्ध गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4