२ साउन काठमाडौं । एएसपीएलविरुद्ध फराकिलो जित हात पार्दै इन्टर मिलान इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लेको छ । बुधबार राति भएको खेलमा इन्टरले रेलगेसन क्षेत्रमा रहेको एएसपीएललाई ४-० पराजित गरेको हो ।
शानदार जितपछि एटलान्टा र लाजियोलाई पछि पार्दै इन्टर दोस्रो स्थानमा फर्केको हो ।
घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानलाई फराकिलो जित दिलाउन एन्टेनियो कानड्रेभा, क्रिस्टियानो बिराघी, एलेक्सिस सान्चेज र रोवर्टो गाग्लियारडिनीले गोल गरे ।
३७औं मिनेटमा कानड्रेभाले गोल गर्दै इन्टरालाईई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा ३ गोल थपेको हो । ५५औं मिनेटमा क्रिस्टियानो बिराघीले गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर पारे ।
त्यसको ५ मिनेटपछि नै सान्चेजले इन्टरका लागि तेस्रो गोल गरे । ७३औं मिनेटमा रोवर्टो गाग्लियारडिनीले गोल गर्दै इन्टर मिलानलाई ४-० को फराकिलो जित दिलाए ।
जितपछि ३३ खेलबाट ७१ अंक जोड्दै इन्टर दोस्रो स्थानमा उक्लेको छ भने लिग लिडर युभेन्ट्ससंग अंकदुरी ६ मा झारेको हो । समान खेलबाट युभेन्टसको ७७ अंक छ ।
हारपछि ३३ खेलबाट १९ अंक मात्र रहेको एसपीएल रेलिगेसन क्षेत्रमा संघर्षरत छ ।
यस्तै अर्को खेलमा टोरिनोले जेनोओलाई ३-० ले पराजित गर्दै रेलिगेसन जोन ८ अंकले सुरक्षित बनेको छ । जितपछि टोरिनो ३३ खेलबाट ३७ अंक जोडेर १५औं स्थानमा उक्लेको छ भने जेनोओ ३० अंक जोडेर १७औं स्थानमा यथावत छ ।
प्रतिक्रिया 4