+

इंग्ल्याण्ड भ्रमण गर्ने अष्ट्रेलियन टिममा ३ नयाँ खेलाडी

२०७७ साउन  ३० गते १२:३१ २०७७ साउन ३० गते १२:३१
इंग्ल्याण्ड भ्रमण गर्ने अष्ट्रेलियन टिममा ३ नयाँ खेलाडी

३० साउन, काठमाडौं । इंग्ल्याण्ड भ्रमण गर्ने अष्ट्रेलियन टोली घोषणा भएको छ । आरोन फिन्चको कप्तानीमा घोषित २१ सदस्यीय टोलीमा ३ जना अनक्याप्ट खेलाडी परेका छन् ।

बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका रिले मेरिडिथ, जोस फिलिप र ड्यानिएल साम्प पहिलो पटक टिममा परेका हुन् ।

यस्तै टोलीमा ग्लेन म्याक्सवेल नाथन लियो र मार्कुस स्टोइनिसले पनि पुनरागमन गरेका छन् ।

अष्ट्रेलियाले इंग्ल्याण्ड भ्रमणमा ३ ओडिआई र ३ टि-२० खेल खेल्नेछ । गत जुलाईमै हुनुपर्ने खेल कवरोनाभाइरस महामारीले गर्दा स्थगित भएको थियो ।

शुक्रबार मात्रे अष्ट्रेलियाले इंग्ल्याण्ड भ्रमण गर्ने पक्का भएको हो । सिरिज सेप्टेम्बर ४ देखि सुरु हुनेछ । तीन खेलको टी२० सिरिज साउथह्याम्पटनस्थित रोस बउल स्टेडियममा हुनेछ भने ३ खेलकै ओडिआई सिरिज म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा हुनेछ ।

टि-२० खेलहरु सेप्टेम्बर ४, ६ र ८ मा खेलिनेछ । यस्तै ओडीआई खेल सेप्टेम्बर ११, १३ र १६ मा हुनेछ ।

अष्ट्रेलियाको ओडीआई र टि-२० टोली

आरोन फिन्च (कप्तान) सिन अबोट, एस्टन अगर, एलेक्स केरी, प्याट कमिङ्स, जोश हेजलउड, मार्नुस लाबुसचेन, नाथन लियोन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, रिले मेरेडिथ, जोस फिलिप, डयानिएल साम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मितचेल स्टार्क, मार्कुस स्टोइनिस, आन्द्रे तये, म्याथ्यु वेड, डेविड वार्नर, एडम जाम्पा ।

इंग्ल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय