+

खेलाडी लामगादेमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग

२०७७ भदौ  १० गते १८:४२ २०७७ भदौ १० गते १८:४२
खेलाडी लामगादेमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग

१० भदौ, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको भर्त्सना गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ ।

 सोमबार राति झापाको मेचिनगर- १३ चारआलीमा लामगादे, उनका श्रीमान र अर्का एक व्यक्तिमाथि केही व्यक्तिले जातीय छुवाछुतजन्य गालीगलौज गरी कुटपिट गरेका थिए । एथ्लेटिक्स संघले राष्ट्रिय खेलाडीलाई अमानवीय व्यवहार र कुटपिट गर्नु आपत्तिजनक भन्दै संलग्नलाई कारबाही गर्न माग गरेको हो ।

‘यो घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारवाही गर्न संघ जोडदार माग गर्दछ । साथै कुटपिटबाट घाइते भएका लामगादेसहित उनका श्रीमान र राजन दर्जी प्रति शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्छ’ नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले बुधबार विज्ञप्तिमार्फत भनेका छन् ।

लामगादेले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक जितेकी थिइन् ।

एथ्लेटिक्स संघले उनको उपचारका लागि २१ हजार रुपैयाँ सहयोग गर्ने बताएको छ ।

सोमबार झापा मेचीनगर–१९ चारआलीमा आफ्नै पसल अगाडि बसेकी चन्द्रकला लामगादे दम्पत्तिले आफ्नै अगाडि एक स्थानीयमाथि कुटपीट भइरहेको देखेपछि छुट्याउन खोज्दा उनीहरुमाथि कुटपीट भएको थियो ।

नेपाल पुलिस क्लबकी खेलाडी लामगादे गर्भवती समेत छिन् । लामगादेको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

चन्द्रकला लामगादे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय