+

बार्सिलोनाका भिदाल इन्टर मिलान जाने

२०७७ असोज  ५ गते १३:०० २०७७ असोज ५ गते १३:००
बार्सिलोनाका भिदाल इन्टर मिलान जाने

५ असोज, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिदाल इटालियन क्लब इन्टर मिलानमा जाने भएका छन् । सिरी ए क्लबसँग डिल पक्का गर्न भिदाल इटली पुगिसकेका छन् ।

चिलियन मिडफिल्डर भिदाल आइतबार इटली पुगेका हुन् । बार्सिलोनामा उनको सम्झौता अझै बाँकी छ ।

तर अन्तिम वर्षको सम्झौताको बारेमा बार्सिलोनासँग सहमति गरेपछि भिदाल इटली गएका हुन् ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमनले भिदाललाई आफ्नो योजनामा नरहेको भन्दै अन्यत्र जान सुझाब दिएका थिए । कोएमन भिदालको बहिर्गमन पर्खिरहेका छन् । यसअघि मिडफिल्डर इभान राकिटिकले बार्सिलोना छाडिसकेका छन् । उनी पुरानो क्लब सेभिया पुगेका छन् ।

भिदाल सन् २०१८ मा जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना पुगेका थिए । जहाँ उनले तीन वर्षको सम्झौता गरेका थिए । भिदालले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् ।

भिदाल बाहेक फरवार्ड लुइस सुआरेज र डिफेण्डर सामुयल उम्टिटी पनि प्रशिक्षक कोएमनको योजनामा छैनन् ।

अर्टुरो भिदाल इन्टर मिलान बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय