+

लंका प्रिमियर लिग छाडेर अफ्रिदी पाकिस्तान फर्किए

२०७७ मंसिर  १८ गते १४:३० २०७७ मंसिर १८ गते १४:३०
लंका प्रिमियर लिग छाडेर अफ्रिदी पाकिस्तान फर्किए

१८ मंसिर, काठमाडौं । श्रीलंकामा भइरहेको लंका प्रिमियर लिग (एलपीएल) बीचैमा छाडेर अलराउण्डर शाहीद अफ्रिदी पाकिस्तान फर्किएका छन् । गाल्ले ग्लाडिएटरेसको कप्तान समेत रहेका अफ्रिदी अचानक पाकिस्तान फर्किएका हुन् ।

अफ्रिदीले ट्वीट गर्दै दुर्भाग्यवश व्यक्तिगत कारणले आफू घर फर्कनु परेको जानकारी गराएका छन् । उनले पाकिस्तानमा आफ्नो काम सकिएपछि श्रीलंका फर्किएर पुनः आफ्नो टिममा सहभागी हुने समेत लेखेका छन् ।

अफ्रिदीले आफ्नो पहिलो खेलमै जाफ्ना स्टालियन्स विरुद्ध बिष्फोटक ब्याटिङ गरेका थिए । उनले २३ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५८ रन बनाएका थिए । तर गाल्लेले उक्त खेलमा हार बेहोरेको थियो । अफ्रिदीको कप्तानीमा गाल्ले अहिलेसम्म खेलेको ३ वटै खेलमा हार बेहोरेको छ र अंकविहीन रहँदै ५ टिम सम्मिलित लिगमा पुच्छारमा छ ।

लंका प्रिमियर लिग शाहीद अफ्रिदी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय