+

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टका लागि भारतीय टिम घोषणा

२०७७ पुष  १ गते १५:०३ २०७७ पुष १ गते १५:०३
अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टका लागि भारतीय टिम घोषणा

१ पुस, काठमाडौं । ओपनर पृथ्वी श र विकेटकिपर ऋद्दिमान साहले अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेल्ने टिमको पहिलो रोजाइमा स्थान बनाएका छन्।

बोर्डर गावास्कर ट्रफी अन्तर्गत बिहीबार सुरु हुने टेष्टका लागि भारतले एक दिनअघि नै विराट कोहलीको कप्तानीमा अष्ट्रेलियाविरुद्ध खेल्ने टिम घोषणा गरेको हो ।

जसमा ओपनर र विकेटकिपरमा कसलाई खेलाउने भनेर सर्वाधिक चासोको विषय बनेको थियो । ओपनिङमा मायांक अग्रवाललाई पृथ्वी श ले साथ दिनेछन् भने ऋषभ पन्तको सट्टा ऋद्दिमानले विकेटकिपिङ सम्हाल्नेछन् ।

यस्तै रविचन्द्रन आश्विन स्पिनरको रुपमा खेल्नेछन् । कप्तान विराट कोहली अष्ट्रेलिया छाड्नुअघि एक मात्र टेष्ट खेल्नेछन् ।

यस्तै पहिलो रोजाइमा खेल्ने अन्य खेलाडीमा चेतेश्वर पुजारा, अजिन्का रहाने, हनुमा विहारी, जसप्रित बुमराह, मोहम्द शामी र उमेश यादव छन् । उमेश तेस्रो फास्ट बलरको रुपमा टिममा स्थान बनाएका छन् ।

उता अष्ट्रेलियाका नियमित ओपनर डेविड वार्नर चोटका कारण पहिलो टेष्ट खेल्ने छैनन् । यस्तै जोए बर्न्स पनि खराब फर्ममा रहेकोले कसले ओेपनिङ गर्ने चासोको विषय बनेको छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय