५ पुस, सप्तरी । प्रदेश २ स्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि महोत्तरी क्रिकेट टिमले जितेको छ ।
सप्तरी सदरमुकाम राजविराजस्थित राज रंगशालामा आइतबार भएको फाइनल प्रतिस्पर्धामा सिराहालाई ८ विकेटले हराउँदै महोत्तरीले उपाधि जितेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको सिराहाले १७ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनायो । उसका लागि कविता गौतम २४, उर्मिला चौधरी १५ तथा सरस्वती चौधरीले १४ रनको योगदान दिइन् ।
महोत्तरीकी शोभा आलेले घातक बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित १२ रन दिएर महत्वपूर्ण ५ विकेट हात पारिन् भने विमला मगरले ३ तथा रोजी कडारीले २ विकेट लिइन् ।
८७ रनको झिनो लक्ष्य महोत्तरीले १४ ओभर ४ बलमा २ विकेट मात्र गुमाएर पूरा गर्यो । महोतरीका लागि विमला मगरले अविजित ३१, गोमा आलेले अविजित २४ र रोजी कडारीले २१ रनको योगदान दिइन् । बलिङतर्फ सिराहाकी सन्तोषी चौधरीेले १ विकेट लिइन् ।
खेलको म्यान अफ द म्याच महोत्तरीकी शोभा आले घोषित भइन् ।
प्रतियोगिता अन्तर्गत उत्कृष्ट बलर महीत्तरीकी रोजी कडारी, उत्कृष्ट ब्याट्स वुमन सिराहाकी अनुराधा चौधरी तथा प्लेयर अफ द सिरिज महोतरीकी बिमला मगर भइन् ।
बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहसहितकाले ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतिक्रिया 4