+

अन्तर्राष्ट्रिय अनलाइन कराँतेमा मानसिंह डोजोलाई ४ स्वर्ण

२०७७ पुष  ६ गते १६:४५ २०७७ पुष ६ गते १६:४५
अन्तर्राष्ट्रिय अनलाइन कराँतेमा मानसिंह डोजोलाई ४ स्वर्ण

६ पुस, काठमाडौं । नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्‍यो ।

मानसिंहका लागि महिला यु-९ मा अनु मोक्तान र पुरुष यु-१२ मा युनिक राना मगरले स्वर्ण जिते । त्यस्तै १४-१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनाएका छन् । महिला यु-१३ मा सविना तामाङले रजत जितिन् । मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन् ।

नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु-१० कुमुते मा स्वर्ण जिते । सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए । जमन केही वर्षयता दक्षिण कोरियामा बस्दै आएका छन् ।

एसकेडियुएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।

कराँते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय