२७ पुस, काठमाडौं । बाेर्डर गावास्कार ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । तेस्रो टेस्ट बराबरीमा सकिएपछि अब चाैथाे तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ ।
सिड्नीमा भएकाे टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
भारतका लागि ऋषव पन्तले ९७ रन बनाए । यस्तै चेतेश्वर पुजाराले ७७ र रोहित शर्माले ५२ रन बनाए ।
रविचन्द्र आश्विन र हनुमा विहारीले अन्तिम सेसन पूरै ब्याटिङ गरेपछि टेष्ट बराबरीमा सकिएकाे हाे । आश्विन ३९ र हनुमा बिहारीले अविजित २३ रन बनाए ।
अस्ट्रेलियाका जोस हेजलउड र नाथन लायनले २/२ विकेट लिए ।
यस अघि चौथो दिन अस्ट्रेलियाले ३ सय १२ रन जोडेर दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेपछि भारतले विशाल लक्ष्य पाएको थियाे ।
प्रतिक्रिया 4