+

सोसिडाडलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै बार्सिलोना फाइनलमा

२०७७ माघ  १ गते ८:४१ २०७७ माघ १ गते ८:४१
सोसिडाडलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै बार्सिलोना फाइनलमा

१ माघ, काठमाडौं । रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेशमा गरेको छ ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा खेल १-१ को बराबरी भएपछि खेलको नतिजा पेनाल्टीबाट भएको हो ।

पेनाल्टीमा बार्सिलोना ३-२ ले विजयी भयो । निर्धारित समयमा फ्रेंकी डे जोङले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ५१औं मिनेटमा सोसिडाडका मिकेल ओयाबायलले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

पेनाल्टी सुटआउटमा फ्रेंकी गोल गर्न असफल भए तर गोलकिपर मार्क टेर स्टेगनले दुई पेनाल्टी बचाएपछि बार्सिलोना विजयी भयो ।

बार्सिलोनाका लागि मिरालेम प्यानिच, ओसमान डेम्बेले र रिकार्ड पुइगले गोल गरे । डे जोङ र एन्टोनी ग्रीजमन गोल गर्न चुके ।

यस्तै सोसिडाडका मिकेल मेरिनो र एडनान जानुजाईले मात्र गोल गरे ।

सुपर कपको दोस्रो सेमिफाइनलमा साविक विजेता रियल मड्रिडले एथ्लेटिको विल्वाओसँग खेल्नेछ ।

चार टिम समावेश प्रतियोगिता सुपर कपको फाइल आइतबार हुनेछ ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय