+

सुआरेजको दुई गोलमा एट्लेटिकोको पुनरागमन जित, शीर्ष स्थानमा ७ अंकको अग्रता

२०७७ माघ  ९ गते ८:२६ २०७७ माघ ९ गते ८:२६
सुआरेजको दुई गोलमा एट्लेटिकोको पुनरागमन जित, शीर्ष स्थानमा ७ अंकको अग्रता

९ माघ, काठमाडौं । लुइस सुआरेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा लिग लिडर एट्लेटिको मड्रिडले आइबरमाथि पुनरागमन जित हात पारेको छ ।

गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै आइबरलाई २-१ ले हराएको हो । खेल सकिन एक मिनेटअघि सुआरेजले पेनाल्टीमा गोल गर्दै जित दिलाएका थिए ।

जितपछि एट्लेटिकोले दोस्रो स्थानको रियल मड्रिडमाथि ७ र तेस्रो स्थानको बार्सिलोनामाथि १० अंकको अग्रता बनाएको छ ।

खेलको १२औं मिनेटमा मार्को डीमिट्रोभिकले पेनाल्टीमा गोल गर्दै घरेलु टोली आइबरलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा सुआरेजले एट्लेटिकोका लागि बराबरी गोल गरे ।

८९औं मिनेटमा सुआरेजले पेनाल्टीमा निर्णायक गोल गरेपछि एट्लेटिको ३ अंक जोड्न सफल भयो ।

जितपछि १८ खेलबाट एट्लेटिकोको ४४ अंक छ । १९ खेलेका रियलको ३७ र बार्सिलोनाको ३४ अंक छ । आइबर १९ खेलबाट १९ अंकसहित १५औं स्थानमा छ ।

एट्लेटिको मड्रिड लुइस सुआरेज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय