१५ माघ, काठमाडौं । सावित्रा भण्डारी साम्बाकाे ह्याट्रिक मद्दतमा एपीएफले महिला राष्ट्रिय लिगमा लगातार चाैथाे जित हात पारेकाे छ ।
बिहीबार भएकाे विभागीग डर्बी भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ३-० ले पराजित गरेकाे हाे । लिगमा सावित्राकाे याे तेस्राे ह्याट्रिक हाे ।
सावित्राले खेलकाे पहिलाे हाफमा एक र दाेस्राे हाफमा दुई गाेल गरिन् । खेलको ३२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् ।
५६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफले २-० काे अग्रता बनायाे । ८५ औं मिनेटमा तेस्राे गाेल गर्दै सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफ ३-० ले विजयी भयाे ।
जितपछि लिग लिडर एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित एक्लाे टाेली हाे ।
एपीएफले शीर्ष स्थानमा ७ अंककाे अग्रता बनाएकाे छ ।
उता पुलिसको भने यो पहिलो हार हो । एकमा जित, दुई बराबरी र एक हार नतिजासहित पुलिसले ४ खेलबाट ५ अंक जोडेको छ ।
एपीएफकी प्रशिक्षक जनक सिंह थारुले दुवै विभागीय टाेलीलाई हराएपनि उपाधि हाेडमा अझै ढुक्क हुन नसकिने बताए ।
यस्तै पुलिसका प्रशिक्षक संजिव जाेशीले खेलाडीकाे चाेटले असर गरेकाे बताए ।
प्रतिक्रिया 4