२४ माघ, काठमाडौं । लिग लिडर बार्यन म्युनिखले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनलाई पराजित गर्दै १० अंककाे अग्रता बनाएकाे छ ।
शुक्रबार राति भएको खेलमा बार्यनले हेर्था बर्लिनलाई १-० ले पराजित गरेको हो ।
बार्यनको जितमा किङ्गसले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा गरेकाे गोल बार्यनलाई ३ अंक दिलाउन निर्णायक बन्याे ।
त्यसअघि १२औं मिनेटमा बार्यनका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
जितपछि बार्यनले दाेस्राे स्थानकाे आरबी लाईपजिगमाथि १० अंकको अग्रता बनाएको छ ।
२० खेलबाट बार्यनले ४८ अंक जोडेको छ । एक खेल कम खेलेकाे आरबी लाइपजिगको ३८ अंक छ ।
हेर्था १७ अंकसहित १५औं स्थानमा छ ।
प्रतिक्रिया 4