१६ फागुन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट आगामी वर्ष असोजमा आयोजना हुने भएको छ ।
आयोजक ईपीएल क्रिकेटले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता असोज ९ गतेदेखि २३ गतेसम्म हुने जनाएको छ ।
गत वर्ष चैतमा आयोजना गर्ने तय गरेपनि विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ईपीएल स्थगित भएको थियो ।
अब भने ईपीएल अर्को वर्ष असोजमा गर्ने आयोजकले जनाएको हो ।
ईपीएल आयोजनाका लागि नेपाल क्रिकेट संघ क्यानले पनि स्वीकृति दिएको ईपीएल आयोजकले जनाएको छ ।
कोरोना भाइरस महामारीले गर्दा गत वर्ष लिग रोकिनुअघि विश्व चर्चित खेलाडीहरु वेष्ट इण्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, आयरल्याण्डका केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीहरु नेपाल आएर खेल्ने तय भएको थियो ।
ईपीएलमा ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
साविक विजेता ललितपुर प्याट्रीओट्ससँगै काठमाडौं किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स ईपीएल खेल्ने टिम हुन् ।
प्रतिक्रिया 4