१६ फागुन, काठमाडौं । लण्डन क्लब आर्सनलले प्रिमियर लिगमा लेस्टर सिटी विरुद्ध पुनरागमन जित हात पारेको छ ।
आइतबार एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले तेस्रो स्थानको लेस्टरलाई ३-१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमै युरी थिलेमान्सले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा आर्सनलका लागि डेभिड लुइजले बराबरी गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-२ को अवस्थामा ल्याए । निकोलस पेपेले ५२ औं मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरे ।
जितपछि २६ खेलबाट ३७ अंक जोड्दै आर्सनल नवौं स्थानमा उक्लेको छ । पराजित लेस्टर २६ खेलबाट ४९ अंकसहित तेस्रो स्थानमै यथावत छ ।
प्रतिक्रिया 4