+

जोटाको निर्णायक गोलमा लिभरपुलको जित

२०७७ चैत  ३ गते ८:०८ २०७७ चैत ३ गते ८:०८
जोटाको निर्णायक गोलमा लिभरपुलको जित

३ चैत, काठमाडौं । डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ ।

वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १-० को कठिन जित हात पारेको हो । वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त बनेको हो ।

जितपछि २९ खेलबाट ४६ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ । एभरटन समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो ।

यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले पछि छ ।

वल्भ्स २९ खेलबाट ३५ अंकसहित १३औं स्थानमा छ।

डिएगो जोटा लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय