२४ चैत, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा स्तब्ध पार्दै न्यू डायमण्डले तेस्रो जित हात पारेको हो ।
न्यू डायमण्डले पुलिसलाई २५–२२, २५–२२, २५–१६ को सेटमा हराएको हो । लिगमा पुलिसको यो पहिलो हार हो र उसको तीन खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।
यो जितपछि न्यू डायमण्डले चार खेलबाट एपीएफ समान १० अंक जोडेको छ । मंगलबारै भएको पहिलो खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद क्बललाई सोझो सेटमा पराजित गर्दै चार खेलबाट १० अंक जोडेको छ ।
न्यू डायमण्डसँग पराजित भएको पुलिस र त्रिभुवन आर्मी क्लबको समान ८ अंक छ ।
लिगमा अब महिलातर्फ दुई खेल हुन बाँकी छ । बुधबार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । जसमा आर्मी र पुलिस तथा एपीएफ र न्यू डायमण्डबीच खेल हुनेछ ।
महिलातर्फ ६ टोली सहभागी भएकोमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया 4