६ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत अहिले नेपाल र मलेसियाबीच खेल भइरहेको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ ।
नेपालको लागि करण केसीले विकेट दिलाए । करणले दोस्रो ओभरको चौथो बलमा अनवर अरुद्दिनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।
प्रतिक्रिया 4