+

१३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई दियो १२० रनको लक्ष्य

२०७८ वैशाख  ८ गते १५:२८ २०७८ वैशाख ८ गते १५:२८
१३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई दियो १२० रनको लक्ष्य

८ वैशाख काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत अहिले भइरहेको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १२० रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १०७ रन बनाएपनि डकवर्थ लुइस मेथडको आधारमा मलेसियाले १२० रनको नयाँ लक्ष्य पाएको हो ।

मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेपछि खेल केही समय रोकिएको थियो । पानी पर्न छाडेपछि १३ ओभरमा खेल घटाएर पुनः शुरु गरिएको हो ।

जसमा नेदरल्याण्ड्सले बेन कुपरको अर्धशतक मद्दतमा १०७ रन बनायो । कुपरले ३२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए । कप्तान सिलारले ३७ रन जोडे । एन्टोनिओस स्टाल १० रनमा अविजित रहे ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवाड्र्सलाई आराम दिएको छ ।

२२ रन हुँदा ३ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि बेन कुपर र कप्तान पिटर सिलारले ६८ रनको साझेदारी गरेका थिए ।

मलेसियाका लागि मोहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १–१ विकेट लिए ।

त्रिकोणात्मक टी २० सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय