+

टी-२० सिरिज : कुशल भुर्तेल १६ रन बनाएर आउट

२०७८ वैशाख  ९ गते १३:४२ २०७८ वैशाख ९ गते १३:४२
टी-२० सिरिज : कुशल भुर्तेल १६ रन बनाएर आउट

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् ।

यसै सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका कुशलले लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए । चौथो खेलमा भने उनले १६ रन मात्रै बनाउन सके । उनले १२ बल खेल्दै २ छक्का प्रहार गरे ।

मोहम्मद वाफिकको बलमा सायद अजिजबाट उनी क्यचआउट भए । अहिले क्रिजमा अर्का ओपनर आसिफ शेखलाई साथ दिन कप्तान ज्ञानेन्द्र मल्ल पुगेका छन् ।

त्रिकोणात्मक टी २० सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय