+

च्याम्पियन्स लिग : रियल मड्रिडलाई हराउँदै चेल्सी फाइनलमा

२०७८ वैशाख  २३ गते ७:३१ २०७८ वैशाख २३ गते ७:३१
च्याम्पियन्स लिग : रियल मड्रिडलाई हराउँदै चेल्सी फाइनलमा

२३ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडलाई पराजित गर्दै इंगलिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरको छ । गएराति भएको समेफाइनल दोस्रो लिगमा रियललाई २-० ले पराजित गर्दै चेल्सी समग्रमा ३-१ ले विजयी भएको हो ।

घरेलु मैदानमा चेल्सीका लागि टिमो वेर्नर र मासोन माउन्टले एक-एक गोल गरे । पहिलो लिगमा चेल्सीले रियलसँग १-१ को बराबरी खेलेको थियो । तेस्रो पटक फाइनलमा पुगेको चेल्सीले उपाधिका लागि प्रिमियर लिगकै अर्को क्लब म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको २८ औं मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि चेल्सीले एक गोल थप्यो । ८५औं मिनेटमा माउन्टले क्रिस्टियन पुलिसिकको पासमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

चेल्सीले यसअघि सन् २००८ र २०१२ मा च्याम्पियन्स लिग फाइनल खेलेको थियो । युनाइटेडसँग पेनाल्टी सुटआउटमा पराजित भएको चेल्सीले चार वर्षपछि बायर्नलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

यस्तै थोमस टुचेल लगातार दोस्रो पटक दुई फरक क्लबबाट च्याम्पियन्स लिगको फाइनल पुगेका छन् । गत सिजन उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा हुँदा फाइनल पुगेका थिए ।

उनी यस्तो उपलब्धी हात पार्ने पहिलो प्रशिक्षक हुन् । यस्तै टुचेलले रियल मड्रिडसँग च्याम्पियन्स लिगमा हार बेहोरेका छैनन् । ६ खेल खेल्दा २ मा जीत र ४ खेलमा बराबरी खेलेका छन् ।

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय