२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको हो । दोस्रो रोजाइको टिम मैदान उतारेको युनाइटेडले घरेलु मैदानमै पराजय व्यहोरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलको १०औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा मासोन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए । तर ६६औं मिनेटमा सालर सोएन्चुले विजयी गोल गरे ।
यही नतिजापछि युनाइटेडको ३५ खेलबाट ७० अंक छ र ३५ खेलबाटै सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । युनाइटेडले अब बाँकी तीन खेल जितेपछि सिटीलाई भेट्ने छैन ।
लेस्टरले भने ३६ खेलबाट ६६ अंक जोड्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
सिटीले पछिल्लो चार वर्ष लिग जितेको यो तेस्रो पटक हो र समग्रमा पाँचौ उपाधि हो ।
प्रतिक्रिया 4