११ जेठ, काठमाडौं । हान्सी फ्लिक जर्मनीको राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षक बनेका छन् । ५६ वर्षीय फ्लिकले आगामी जुन–जुलाईमा हुने युरोकप २०२० पछि जर्मनीको प्रशिक्षक बन्ने विषयमा सम्झौता गरेका छन् ।
उनले जर्मन फुटबल संघसँग सन् २०२४ सम्मका लागि प्रशिक्षक बन्ने सम्झौता गरेका हुन् ।
उनले यसअघि नै टिम छाड्ने घोषणा गरिसकेका योकिम लोको स्थान लिनेछन् । सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा लो मुख्य प्रशिक्षक थिए भने फ्लिक सहायक प्रशिक्षक थिए ।
फ्लिकको प्रशिक्षणमा सन् २०१९–२० को सिजन बायर्न म्युनिखले ६ वटा उपाधि जितेको थियो । यस सिजन बुण्डेसलिगा जिताएका फ्लिकले १८ महिनापछि जर्मन च्याम्पियन टिम छाड्ने निर्णय गरेका हुन् ।
उनलाई लामो समयदेखि प्रशिक्षक लोको स्थान लिन सक्ने प्रशिक्षकको रुपमा हेरिएको थियो ।
प्रतिक्रिया 4