३१ जेठ, काठमाडौं । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै ग्राण्ड्सलाम उपाधि संख्या १९ पुर्याएका छन्।
सर्बियन खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३-२ ले हराएर उपाधि जिते । उनले रोनाल्ड ग्यारोमा उपाधि जितेको यो दोस्रो पटक हो ।
सुरुआती दुई सेट गुमाए पनि शानदार पुनरागमन गर्दै जोकोभिचले जित हात पारे । पहिलो पटक ग्राणड्सलाम फाइनल पुगेका सिसिपासले दुई सेट ७-६, ६-२ ले जित्दै खेलमा अग्रता बनाएका थिए । उनी उपाधि जित्नबाट एक सेट टाढा थिए । तर जोकोभिचले त्यसपछि पुरनागमन गर्दै तीन सेट ६-३, ६-२, ६-४ ले आफ्नो पक्षमा पारे ।
फ्रेन्च ओपन उपाधिसँगै जोकोभिक सर्वाधिक ग्राण्ड्सलाम जित्ने रोजर फेडेरर र राफेल नाडलभन्दा एक उपाधिले मात्र पछि छन् ।
फेडेरर र नाडालले समान २० ग्रान्डस्लाम जितेका छन् ।
प्रतिक्रिया 4