+

मैले कहिल्यै रियल मड्रिड छाड्न चाहिनँ : रामोस

२०७८ असार  ४ गते १२:२५ २०७८ असार ४ गते १२:२५
मैले कहिल्यै रियल मड्रिड छाड्न चाहिनँ : रामोस

४ असार काठमाडौं । सिजन २०१९/२० मा कोरोाना महामारीका बीच लिगा जितेपछि रियल मड्रिडले कप्तान सर्जिओ रामोसलाई सम्झौता नवीकरणको प्रस्ताव गर्‍यो ।

पछिल्ला महिनाहरुमा तलब घटाएको क्लबले एक वर्षका लागि नवीकरण प्रस्ताव गरेको थियो । रामासले त्यसलाई स्वीकार गरेनन् । ‘मेरो लागि पैसा समस्याको विषय थिएन । यसमा क्लब अध्यक्ष प्रष्ट थिए’ रामोस भन्छन्, समस्या प्रस्ताव गरिएको समयको थियो । उनीहरुले एक वर्ष अफर गरे, म दुई वर्ष चाहन्थेँ ।’

सम्झौता नवीकरणबारे क्लब र रामोसबीच सहमति हुन सकेन । जतिबेला रामोस क्लबको प्रस्ताव स्वीकार गर्ने निर्णयमा पुगे, त्यसबेला क्लब पछाडि हटिसकेको थियो ।

‘पछिल्लो कुराकानीमा मैले क्लबको प्रस्ताव स्वीकार गर्ने बताए । जुन प्रस्ताव टेबलमा थियो, त्यसलाई स्वीकार गर्न तयार थिएँ’ आफ्नो बिदाइ कार्यक्रममा रामोसले भने, ‘तर उनीहरुले त्यसको समय सकिसकेको बताए, जुन मलाई थाहा थिएन ।’

प्रस्तावित सम्झौताको म्याद सकिसकेका क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नै भनेका थिए वा अरु अधिकारीले भन्नेचाहिँ रामोसले खुलाउन चाहेनन् ।

१६ वर्षपछि सान्टियागो बर्नाबेउ छाडेका उनी भन्छन्, ‘जीवनमा आइपरेका पिरिस्थितिका कारण धेरै कुरा भयो । तर कहिल्यै रियल मड्रिड छाड्न चाहिन । जहिले बस्न चाहेँ ।’

रामोसले अब कता जाने भन्ने टुंगो नभएको बताए । उनी सन् २००५ मा सेभियाबाट रियल पुगेका थिए । केहीले फेरि सेभियामै र्फकनले चर्चा समेत गरेका थिए ।
तर रामोसले तत्काल त्यो योजना नरहेको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय