+

टी-२० विश्वकप क्रिकेट यूएईमा हुने

२०७८ असार  १४ गते २०:१३ २०७८ असार १४ गते २०:१३
टी-२० विश्वकप क्रिकेट यूएईमा हुने

१४ असार, काठमाडौं । यही वर्ष भारतमा आयोजना हुने भनिएको आईसीसी टी–२० विश्वकप क्रिकेट यूएईमा हुने भएको छ । टी–२० विश्वकप आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने तय भएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले टी–२० विश्वकप यूएईमा सारिएको पुष्टि गरेका छन् । यसबारे आईसीसीले निर्णय गर्न बाँकी छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसलाई ध्यानमा राख्दै प्रतियोगिता सारिएको हो ।

‘हामीले आधिकारिक रूपमा आईसीसीलाई जानकारी गराएका छौं, टी–२० विश्वकप संयुक्त अरब इमिरेट्स (यूएई)मा सर्न सकिन्छ । यसको विवरण पठाइएको छ,’ गांगुलीले पीटीआईसँग भनेका छन्, ‘सबै सरोकारवालाहरूको स्वास्थ्य सुरक्षा चिन्तालाई ध्यानमा राखी भएको निर्णय भएको हो ।’

यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएपछि अक्टोबर १७ देखि टी–२० विश्वकप शुरु गर्ने चर्चा भएको थियो । यसबारे गांगुलीले केही दिनमा सबै विवरण सार्वजनिक हुने र त्यो मिति नै अन्तिम नभएको बताए ।

आईसीसीका प्रवक्ताले पनि प्रतियोगिताको अन्तिम मिति तय हुन बाँकी भएको बताएका छन् ।

टी–२० विश्वकपका खेलहरु यूएईको दुबई, शारजहाँ र अबुधाबीमा हुनेछ । यस्तै पहिलो चरणका खेलहरु ओमानमा हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

टी–२० विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय