२ साउन, काठमाडौं । एएटा फुटबलमा टिममा कति गोलकिपर हुन्छन् ? दुई वा तीन । अझै धेरै भए चार । तर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को पहिलो टिममा भने यो अपवाद बनेको छ ।
इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेपछि पीएसजीको टिममा अहिले एकै पटक ९ गोलकिपर छन् ।
एसी मिलानका पूर्व स्टार डोनामरुम्मा त्यही ९ मध्ये एक हुन् । उनले अब नम्बर वान पोजिसनका लागि केयलर नाभाससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । डोनारुम्माको आगमनपछि नाभासाई भने चुनौती थपिएको छ ।
कोस्टारिकाका नाभास रियल मड्रिडका पूर्व गोलकिपर हुन् ।
अब प्रशिक्षक माउरिसियो पोचेटिनोलाई कुन किपर पहिलो रोजाइमा खेलाउने चिन्ता बढ्नेछ । यसअई थोमस छुचेल प्रशिक्षक हुँदा र अहिलेका प्रशिक्षकको पहिलो रोजाइ नाभास नै छन् ।
तर एसी मिलान र इटलीका लागि युरो कपमा उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्माले उनलाई चुनौती दिने पक्का छ । २२ वर्षीय डोनामरुम्मा युरो २०२० कै उत्कृष्ट खेलाडी बनका थिए ।
३४ वर्षीय नाभासको लागि अबको सिजन पीएसजीमा तेस्रो सिजन हुनेछ । गत सिजन उनलाई स्पानिस गोलकिपर सर्जि रिकोले सहयोग गरेका थिए । २७ वर्षीय रिकोले गत सिजन १३ खेल खेल्दा ८ खेलमा क्लिनसिट राखेका थिए ।
यस्तै पीएसजीको युथ सिस्टमबाट आएका अल्फोन्से अरिओला अर्का गोलकिपर हुन् । उनले पीएसजीका लागि १०० भन्दा बढी खेल खेलिसकेका छन् । वेष्टहमका लागि गत सिजन लोनमा खेलेका उनी पीएसजीमै फर्किएका हुन् ।
यी चार जना बाहेक पनि पीएसजीमा युवा गोलकिपरहरु छन् ।
१८ वर्षीय डेनिस फ्रान्ची र लुकास लाभाल्ली पनि पीएसजीको पहिलो टिममा छन् । यू-१९ मा दुई सिजन बिताएपनि फ्रान्ची पहिलो टिममा आएका हुन् । फ्रान्सको यू १७ राष्ट्रिय टिमका लाभाल्लीको सम्झौता २०२४ सम्म छ ।
यस्तै मार्सिल बुल्का र गारिसोन इन्नोसेन्ट पनि पहिलो टिममा छन् । दुवै खेलाडी यस पटक लोनमा अन्य क्लब जाने सम्भावना छ ।
३० वर्षीय अलेक्जान्डर लेटेलिएर २०२०मा एक दशकपछि आफ्नै पूरानो क्लब पीएसजी फर्किएका छन् ।
प्रतिक्रिया 4