१२ साउन, काठमाडौं । टोकियो ओलम्पिकमा कुवेतका ५७ वर्षीय अब्दुल्लाह अल रसिदीले कास्यपदक हात पारेका छन् । उनले पुरुषतर्फको सुटिङमा पदक जितेका हुन् ।
सोमबारको फाइनल खेलमा उनले ४६ अंक हात पारेका थिए । उक्त स्पर्धामा अमेरिकी खेलाडी भिन्सेन्ट हान्ककले ५९ अंक हात पार्दै स्वर्णपदक जिते भने डेनमार्कका जेसपर हान्सेनले ५५ अंक हात पार्दै रजत पदक जितेका थिए ।
रसिदीले यसअघि सन् २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा पनि स्वतन्त्र ओलम्पिक एथ्लेटको रुपमा कास्यपदक जितेका थिए । उनले यसअघि पनि अन्य पाँच खेलमा सहभागिता जनाइसकेका छन् । उनले सन् १९९६, २०००, २००४, २००८ र २०१२ को ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4