+

ओलम्पिक फुटबल : ब्राजिल र मेक्सिको सेमिफाइनलमा

२०७८ साउन  १६ गते १९:५३ २०७८ साउन १६ गते १९:५३
ओलम्पिक फुटबल : ब्राजिल र मेक्सिको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरे ।

शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ‌ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

ब्राजिलका लागि माथेउस कुन्साहले एक मात्र गोल गरे । उनले खेलको ३७ औं मिनेटमा रिचार्लिसनको पासमा गरेको गोल निर्णायक बनेको हो ।

यस्तै चौथो क्वाटरफाइनलमा मेक्सिकोले दक्षिण कोरियालाई ६-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निसान स्टेडियममा भएको खेलमा मेक्सिकोका लागि हेनरी मार्टिन र फ्रान्सिस्को कोर्डोभाले दुई-दुई गोल गरे भने लुइस रोमो र एडुअर्डो अगुएरेले समान एक गोल गरे । दक्षिण कोरियाका लागि डोङ केयोङ लिले दुवै गोल गरे ।

ओलम्पिक फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२