+

राष्ट्रिय फुटबल टिममा २५ खेलाडी छानिए

२०७८ भदौ  ८ गते १७:३६ २०७८ भदौ ८ गते १७:३६
राष्ट्रिय फुटबल टिममा २५ खेलाडी छानिए

८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका लागि २५ जना खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखीलाई बाहिर राख्दै मंगलबार २५ जना खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप र भारतविरुद्धको मैत्रीपूर्ण खेलको तयारीमा रहेको नेपाली टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ ।

नेपालले यही भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदैछ ।

२५ सदस्यीय नेपाली फुटबल टिम

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल, आयुष घलान, अन्जन विष्ट, विशाल राई, कमल थापा, मनिष डाँगी, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज ठकुरी, तेज तामाङ, आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा

अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय