२४ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई पराजित गर्दै लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
केलेची ईहनाचोले पेनाल्टीमा गरेको एक मात्र गोल मद्दतमा वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लेस्टरले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको हो ।
ईहनाचोले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा ईहनाचोलाई फाउल गरेपछि भिएआरबो सहायतामा लेस्टरले पेनाल्टीको अवसर पाएको थियो ।
बेलायती कीर्तिमानी रकममा एस्टन भिल्लाबाट सिटी पुगेका ज्याक ग्रिलिसले पनि यसै खेलमार्फत सिटीबा लागि डेब्यु गरे ।
ग्रिलिस खेलको ६५ औं मिनेटमा सामुएलको स्थानमा मैदान प्रवेश गरेका थिए ।
लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । यसअघि सन् १९७१ मा उपाधि जितेको लेस्टरले ५० वर्षपछि कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
सिटीले भने ६ पटक उपाधि जितेको छ ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्ड फाईनलमा प्रतिस्पर्धा गर्ने गर्छन् ।
प्रतिक्रिया 4