+

मनिष डाँगी मछिन्द्रमा अनुबन्ध

२०७८ साउन  २४ गते २१:१४ २०७८ साउन २४ गते २१:१४
मनिष डाँगी मछिन्द्रमा अनुबन्ध

२४ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य मनिष डाँगी मछिन्द्र क्लमा अनुबन्धित भएका छन् । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्रले नयाँ सिजनका लागि मनिषलाई अनुबन्ध गरेको हो ।

मछिन्द्रले आइतबार मिडफिल्डर मनिषलाई अनुबन्ध गरिएको जनाएको छ । तर मछिन्द्रले सम्झौताको रकम भने खुलाएको छैन ।

गत जेठमा इराकसंगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका मनिषले यसअघि थ्रीस्टारबाट मोफसलको गोल्डकप खेलेका थिए ।

लिगका लागि पनि उनलाई थ्री स्टारले राख्न खोजेको थियो तर एक लाख बढी पारिश्रमिकका मनिषलाई मछिन्द्रले अनुबन्ध गरेको छ ।

कोरियाको एकेडेमीमा फुटबल सिकेका मनिषले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

मनिषले राष्ट्रिय टिमको डेब्यु खेलमै इराकविरुद्ध गोल गरेका थिए । उनले विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

उनी साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि सहभागी छन् ।

खेलकुद मनिष डाँगी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय