+

नेदरल्यान्ड्स विश्वकपमा छनोट

२०७८ मंसिर  १ गते ११:१९ २०७८ मंसिर १ गते ११:१९
नेदरल्यान्ड्स विश्वकपमा छनोट

१ मंसिर, काठमाडौं । नेदरल्यान्ड्स अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको समूह जी को अन्तिम खेलमा नर्वेलाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपाएले गोल गरे ।

जितपछि समूह जी मा नेदरल्यान्ड्सले १० खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

हारपछि १८ अंकसहित तेस्रो स्थानमा रहेको नर्वे भने विश्वकपमा छनोट हुन असफल भएको छ ।

यस्तै अर्काे खेलमा मोन्टेनेग्रोलाई २–१ ले पराजित गर्दै २१ अंक जोडेको टर्की दोस्रो हुँदै प्लेअफमा पुगेको छ ।

युरोपबाट छनोट चरण पार गर्दै १० राष्ट्र विश्वकपमा छनोट भइसकेको छ ।

नेदरल्यान्ड्स विश्वकप छनाेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय