१ माघ, काठमाडौं । एसियन फुटबल महासंघ (एएफसी) अखिल नेपाल फुटबल संघलाई प्राविधिक सहायता कोषमार्फत पुनः आर्थिक सहयता दिन सहमत भएको छ ।
एएफसीका महासचिव डेटो विन्डसर जोन तथा उपमहासचिव वाहिद कार्दिनी र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शनिबार साउदी अरेबियामा भएको भेटमा यो सहमति जुटेको हो ।
एन्फाका अनुसार यो कोषमार्फत जिल्ला, प्रदेश र एन्फाका प्रशिक्षकका साथै सबै विभागीय प्रमुखहरुलाई तलब दिइनेछ ।
प्रतिक्रिया 4