+

मनिष डाँगी घाइते, मैदानमै आयो एम्बुलेन्स

२०७८ माघ  २९ गते १६:४३ २०७८ माघ २९ गते १६:४३
मनिष डाँगी घाइते, मैदानमै आयो एम्बुलेन्स

२९ माघ, काठमाडौं । मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी च्यासल युथ क्लब विरुद्धको खेलमा घाइते भएका छन् ।

शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल विरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मनिष मैदानमै ढलेपछि उनलाई एम्बुलेन्समा राखेर नजिकैको ब्लुक्रस अस्पताल लगिएको छ ।

खेलको ६५औं मिनेटमा बल खोस्न विपक्षी खेलाडीसंग जुध्ने क्रममा उनी मैदानमै ढलेका थिए । च्यासलका यान्निक केट्चाले बल प्रहार गर्न लाग्दा मनिषको टाउकोको पछाडि भागमा लागेको थियो । त्यसपछि मैदानमा ढलेका मनिषको मैदानमै समान्य उपचारपछि अस्पताल लगिएको हो ।

मनिष ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

ब्लुक्रस अस्पतालले एक विज्ञप्ति जारी गर्दै मनिष खतरामुक्त रहेको जानकारी दिएको छ । ‘च्यासलविरुद्धको खेलमा मनिषको टाउकोमा चोट लागेको थियो । कन्कसनपछि उनको टाउकोको डाइग्नोसिस गरिएको छ । अहिले उनको अवस्था सामान्य र स्थिर रहेको छ । थप जानकारी पछि दिइने छ । उनी खतरा मुक्त रहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

मनिष डाँगी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय