+

एसियन युथ बक्सिङमा नेपालबाट तीन खेलाडी

२०७८ फागुन  १५ गते १३:५६ २०७८ फागुन १५ गते १३:५६
एसियन युथ बक्सिङमा नेपालबाट तीन खेलाडी

१५ फागुन, काठमाडौं । एसियन युथ एण्ड जुनियर बक्सिङ प्रतियोगितामा नेपालबाट तीनजना खेलाडीको सहभागिता हुने भएको छ ।

सोमबार जोर्डनको अम्मानमा सुरु हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले शुभकामना दिँदै विदाइ गरे ।

प्रतियोगितामा महिलातर्फ ५२ केजी तौलसमूहमा स्वस्तिका तिरुवा र पुरुषतर्फ ५४ केजीमुनि तौल समूहमा छिरिङ वाङ्दी शेर्पा र ६० केजीमुनि तौलसमूहमा इन्द्र सुनारको सहभागिता रहनेछ । अफिसियलका रुपमा प्रशिक्षक दीपक महर्जन हुनेछन् ।

खेलकुद बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय