+

महँगोमा अनुबन्धित भएका २१ खेलाडी

२०७८ फागुन  २० गते १९:३१ २०७८ फागुन २० गते १९:३१
महँगोमा अनुबन्धित भएका २१ खेलाडी

२० फागुन, काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी किनबेच (अक्सन) गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेका तीन क्याटागोरीमा २४९ जना खेलाडी समावेश गरिएकोमा ए मा ४९ तथा बी र सी मा १००/१०० जना खेलाडी थिए । एनएसएलका १० टिमले ए क्याटागोरीबाट ४, बीबाट ६ र सीबाट ५ गरी १५/१५ जना खेलाडी अनुबन्ध गर्दा ९९ जना खेलाडी अक्सनमा विकेनन् ।

ए क्याटागोरीका खेलाडीलाई १ लाख ५० हजार न्यूनतम र ३ लाख ५० हजार अधिकतम मूल्य निर्धारण गरिएको थियो । ४९ जनामध्ये २१ जना खेलाडीलाई एनएसएल क्लबले अधिकतम मूल्यमा अनुबन्ध गरेका छन् । तीमध्ये १० जना गोल्डेन बजरमार्फत १० क्लबमा अनुबन्धित भएका हुन् ।

बाँकी ११ खेलाडीमध्ये १० जनालाई एकभन्दा बढी क्लबले अधिकतम मूल्यको बोली लगाएपछि गोलाप्रथा गर्नु परेको थियो । ललितपुर सिटी एफसीले भित्र्याएका सनिस श्रेष्ठ भने अधिकतम ३ लाख ५० हजार मूल्यमा अनुबन्धित भए ।

अधिकतम मूल्यमा किनिएका ए क्याटागोरीका खेलाडी

काठमाडौं रेजर्स

सुनील बल (गोल्डेन बजर)

आषिश गुरुङ (गोलाप्रथा)

विराटनगर सिटी एफसी

दीप कार्की (गोल्डेन बजर)

एफसी चितवन

त्रिदेव गुरुङ (गोल्डेन बजर)

वीरगञ्ज युनाइटेड

मानबहादुर तामाङ (गोल्डेन बजर)

सुदीप गुरुङ (गोलाप्रथा)

धनगढी एफसी

पुजन उपर्कोटी (गोल्डेन बजर)

सिमान्त थापा (गोलाप्रथा)

आकाश बुढामगर (गोलाप्रथा)

पोखरा

दिनेश राजवंशी (गोल्डेन बजर)

छिरिङ गुरुङ (गोलाप्रथा)

एरिक विष्ट (गोलाप्रथा)

झापा एफसी

निशान खड्का (गोल्डेन बजर)

शेशेहाङ आङदेम्बे (गोलाप्रथा)

सन्तोष तामाङ (गोलाप्रथा)

स्पोर्टिङ इलाम डी मेची

गौतम श्रेष्ठ –गोल्डेन बजर)

बुटवल लुम्बिनी एफसी

सुमन अर्याल (गोल्डेन बजर)

दर्शन गुरुङ (गोलाप्रथा)

रवि पासवान (गोलाप्रथा)

ललितपुर सिटी एफसी

विशाल सुनार (बर्जर)

सनिश श्रेष्ठ

नेपाल सुपर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय