+

धनगढीमा मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समीकरण पूरा

२०७८ चैत  १० गते १८:५१ २०७८ चैत १० गते १८:५१
धनगढीमा मुख्यमन्त्री कप भलिबलको सेमिफाइनल समीकरण पूरा

१० चैत, धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार भएका क्वार्टरफाइनलका दुई खेलसँंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ । विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वार्टरफाइनलको खेलमा एपीएफ विजयी भएको छ ।

सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी भएका छन् ।

बिहीबार नै भएको अन्तिम क्वार्टरफाइनलको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशका हरि पाण्डेय भए । शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन् ।

फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

मुख्यमन्त्री कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय