१२ चैत, काठमाडौं । दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ओडीआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।
पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा शनिबार भइरहेको खेलमा शतक पूरा गरेका दीपेन्द्र नेपालका लागि शतक हान्ने तेस्रो खेलाडी हुन् ।
यसअघि सन् २०१९ मा पारस खड्काले यूएईविरुद्ध पहिलो शतक प्रहार गरेका थिए भने पिएनजीविरुद्ध शुक्रबार भएको खेलमा रोहित पौडेलले टीयू मैदानमै शतक बनाएका थिए ।
दीपेन्द्रले ४७औं ओभरको तेस्रो बलमा शतक बनाएका हुन् । १३६ बल ६ चौकाको मद्दतमा उनले शतक पूरा गरे ।
शतक पूरा गरेपछि अर्को ओभरमा दीपेन्द्र आउट भए । उनले १४० बल खेल्दै ७ चौका मद्दतमा १०५ रन बनाए ।
प्रतिक्रिया 4