१३ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाका लागि मलेसियाको क्रिकेट टिम नेपाल आईपुगेको छ ।
नेपाल, मलेसिया र पपुवा न्यूगिनी पीएनजी सम्मिलित टी-२० शृंखला १४ चैतदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
मलेसियाले पहिलो खेल पीएनजीसँग मंगलबार र बुधबार घरेलु टोली नेपालसँग खेल्नेछ । उद्घाटन खेलमा भने सोमबार नेपाल र पीएनजीबीच प्रतिस्पर्धा हुने छ ।
शृंखलामा एक अर्कासँग दुई दुई खेल खेलेपछि अंङ तालिका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
यसअघि वैशाखमा नेपाल, मलेसियासहित नेदरल्याण्ड्स सम्मिलित टी-२० शृंखला भएकाे थियाे । जसमा नेदरल्यान्ड्सलाई फाइनलमा हराएर नेपालले उपाधि जितेकाे थियाे ।
प्रतिक्रिया 4