+

महिला लिग फुटबल : आर्मी दोस्रो स्थानमा, शीर्ष स्थानको एपीएफको अंक दुरी बढ्यो

२०७८ चैत  २२ गते १९:२३ २०७८ चैत २२ गते १९:२३
महिला लिग फुटबल : आर्मी दोस्रो स्थानमा, शीर्ष स्थानको एपीएफको अंक दुरी बढ्यो

२२ चैत, चितवन । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । भरतपुर १९ स्थित शारदानगर माविको मैदानमा मंगलबार भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको आर्मीलाई जिताउन सपना लामाले हृयाट्रिक गरिन् । यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मी घिसिङ, कुशुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे ।

यो जितपछि आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा आर्मीको ३ जित र दुई हारबाट ९ अंक छ । एक खेल कम खेलेको धनगढी समान अंक भए पनि गोल आधारमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

शीर्षस्थानको एपीएफसँग ललितपुर पराजित

मंगलबारको दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) एफसीले ललितपुरविरुद्ध सहज जित निकालेको छ । एपिएफले ललितपुरलाई ४–० ले हराएको हो ।

एपिएफलाई जिताउन सावित्रा भण्डारी साम्बा, हिरा कुमारी भुजेल, सरु लिम्बू र रेनुका नगरकोटीले गोल गरे । डिफेन्सिभ खेल खेलेको ललितपुरले पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोश्रो हाफमा चार गोल खाँदै ललितपुर पराजित भयो ।

यो जितपछि शिर्ष स्थानको एपीएफले दोस्रो स्थानको आर्मीसँगको अंक दुरि बढाएको छ । खेलेका सबै पाँच खेल जितेको एपीएफको १५ अंक छ । समान खेल खेलेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ । ललितपुरको समान खेलबाट ३ अंक मात्र छ ।

लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेले विराटनगर र धनगढीबीच तथा दोस्रो खेल दिउँसो चन्द्रपुर र नेपाल पुलिस क्लबबीच हुनेछ ।

एपीएफ क्लब त्रिभुवन आर्मी महिला लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय