+

एन्फा निर्वाचन : पंकज समूहको मनोनयन दर्ता

२०७९ जेठ  ११ गते १७:१० २०७९ जेठ ११ गते १७:१०
एन्फा निर्वाचन : पंकज समूहको मनोनयन दर्ता

११ जेठ, काठमाडौं । अखिल नेपाल पुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ प्यानलबाट विभिन्न पदाधिकारी र सदस्य पदमा बुधबार मनोनयन दर्ता भएको छ ।

एन्फाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले यसअघि नै अध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् ।

नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । यस्तै चार उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

६ असारमा हुने निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ सदस्य गरी २१ जना निर्वाचित हुनेछ ।

त्यसका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहबाट १८ जनाले मनोनयन दर्ता गराइसकेका छन् । जसमा शेर्पाले आगामी चार वर्षको कार्यकालमा दोहोरिने चाहना देखाएका छन् ।

बुधबार सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमा भोजपुर जिल्ला संघका प्रविण सुवाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रे जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ छन् ।

यस्तै इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्की, मोरङ जिल्ला फुटबलका अध्यक्ष दीपेन्द्र धिमाल र पर्सा जिल्ला फुटबल संघका अध्यक्ष मानदेव हजाराले पनि सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

नेम्वाङ प्यानलमै रहेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, कैलाली जिल्लाका अनिल मल्ल र सुर्खेत जिल्लाका रविन्द्र चन्दले सदस्यमा मनोनयन दर्ता गराइसकेका छन् ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म सदस्य पदका लागि ३२ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।

यस्तै २ महिला सदस्यका लागि अहिलेसम्म पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

महिलामा पेमा डोल्मा शेर्पासहित विन्द्रा देवन, सरिला श्रेष्ठ मलेकु, विमला पौडेल र विना नवाछे श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

यसअघि कर्मा छिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सदस्यमा फ्रेण्ड्स क्लबका अध्यक्ष दिपक थापा, सिराहका प्रविन यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्व अध्यक्ष राम राजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेश सिंह राडोर, जुम्लाका भरत बुढ थापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा क्लबका मनिष जोशीले ससद्यमा मनोनयन दर्ता गराएका छन् ।

नेम्वाङ र शेर्पा प्यानलमा खुलेका बाहेक मणि कुमार लिम्बु, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ, शम्बु बहादुर सिंह ठकुरी, कुमार कटुवाल, कृष्ण मुरारी गुरुङ, मिलन घले, सुरेन्द्र सिंखाकार छन् ।

एन्फा निर्वाचन पंकज विक्रम नेम्वाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय