२१ जेठ, काठमाडौं । मेम्फिस डिपाएको दुई गोल मद्दतमा नेदरल्याण्ड्सले यूईएफए नेसन्स लिगमा बेल्जियमलाई हराएर शानदार सुरुआत गरेको छ ।
लिग ए को समूह चार अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले बेल्जियमलाई ४-१ ले पराजित गरेको हो । डच टोलीका लागि डिपाएले ५१औं र ६५औं मिनेटमा गोल गरे । यस्तै स्टेभेन बर्जविनले ४०औं र डेन्जल डम्प्राइजले ६१औं मिनेटमा गोल गरे ।
बेल्जियमका लागि मिची बात्सुईले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए ।
जितपछि यस समूहमा पोल्याण्डले समान ३ अंक जोडे पनि गोल अन्तरमा नेदरल्याण्ड्स शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4